इसरोले अक्टोबर २१ मा पहिलो गगनयान मिसन सञ्चालन गर्ने « Khabarhub

इसरोले अक्टोबर २१ मा पहिलो गगनयान मिसन सञ्चालन गर्ने


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोका प्रमुख डा एस सोमनाथले भारतीय अन्तरिक्षा यात्री परियोजना गगनयानको हिस्साका रूपमा ‘टिभी–डी१’ (टेस्ट डेभलपमेन्ट फ्लाइट १) को पहिलो परीक्षण उडान कात्तिक ४ (अक्टोबर २१) मा हुने बताएका छन् ।

उनका अनुसार डी१ को उडानपछि यस्तै प्रकृतिका कम्तीमा तीन वटा परीक्षण गरिने छ । आगामी वर्षको अन्त्यमा मानव अन्तरिक्ष उडानका क्रममा भारतीय अन्तरिक्षा यात्रीहरूलाई राख्ने क्रु मोड्युलको परीक्षण गर्नका लागि टिभी–डी १ को परीक्षण उडान आन्ध्र प्रदेशको श्रीहरिकोटामा सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिने छ ।

“टिभी–डी१ मिसन अक्टोबर २१ का लागि निर्धारण गरिएको छ, यो गगनयान कार्यक्रम हो, गगनयान कार्यक्रमका लागि क्रु इस्केप सिस्टमको प्रदर्शन र परीक्षणको आवश्यकता छ, गगनयान कार्यक्रममा क्रु इस्केप सिस्टम धेरै महत्वपूर्ण छ”, इसरो प्रमुख सोमनाथले मदुराईमा पत्रकारहरूसँग भने ।

टिभी–डी१ परीक्षण उडानमा क्रु मोड्युललाई बाह्य अन्तरिक्षमा प्रक्षेपण गर्ने, त्यसलाई पुनः पृथ्वीमा फर्काउने र बङ्गालको खाडीमा टचडाउनपछि पुनःप्राप्ती गर्ने कार्यक्रम समावेश छ ।

“त्यसैले क्रु इस्केप सिस्टम प्रदर्शन गर्ने उक्त उडानको एक अवस्था हो, हामीले देखाउने यो अवस्थालाई ट्रान्सोनिक अवस्था भनिन्छ, प्रत्येक महिना हामी कम्तीमा एउटा उडान गर्नेछौँ, टिभी–डी१ को परीक्षण उडानपछि हामीसँग जीएसएलएभ र एसएसएलएभ हुनेछ ।

त्यसपछि मानवरहित गगनयान मिसन सुरु हुनेछ, यो बीचमा पीएसएलएभ उडान हुनेछ, त्यसैले जनवरीअघि तपाईँले कम्तीमा चारदेखि पाँचवटा उडान देख्नुहुनेछ”, सोमनाथले भने ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १ : ३६ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको