चालु आर्थिक वर्षभित्र १० जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती « Khabarhub

चालु आर्थिक वर्षभित्र १० जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका लागि १० वटासम्म जहाज खरिद गरिने बताएका छन् ।

मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उनले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गरे । दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औँल्याए ।

निगमले आन्तरिक उडानका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ । ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्वीनअटर जहाज मात्रै छन् । ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन् ।

पर्यटनमन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभरी सञ्चालन गर्ने जानकारी दिए । उनले चाडवाडका बेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने पनि बताए । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले चाडबाडका बेलामा हुने भाडादरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न र सहुलियत भाडादरको व्यवस्था गर्न माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापन बुझाएको हो ।

देशका केही हिमाली जिल्लामा पुग्न हवाई यतायात मात्र विकल्पको रुपमा रहे पनि सरोकारवालाको कमजोरीले आम सर्वसाधरण हप्तौँ दिनसम्म विमानस्थल धाउनुपर्ने परिस्थिति रहेको भन्दै नेविसङ्घले चाडबाडका बेला सडकको पहुँच नभएका विशेषगरी हिमाली तथा दुर्गम जिल्लामा जनताको आवश्यकतालाई मध्यनजर गर्दै हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन माग गरेको छ ।

‘दसैँ, तिहार, छठलगायत चाडपर्वका बेला आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समेत स्वेच्छचारी ढङ्गले हवाई टिकटको मूल्य निर्धारण गरिएको हुँदा तत्काल त्यस विषयमा अनुगमन गर्दै सुक्ष्म निगरानीसमेत गर्न पर्यटनमन्त्री समक्ष अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमा भनिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १ : ५१ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु