सहकारीमार्फत करोडौँ रुपैयाँ गाउँ भित्र्याउँदै बागलुङका महिला | Khabarhub Khabarhub

सहकारीमार्फत करोडौँ रुपैयाँ गाउँ भित्र्याउँदै बागलुङका महिला


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा सम्झन र सम्मान गर्नका लागि काठेखोलाका महिला जिल्लामै उदाहरणीय छन् । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने जिल्लामा पर्छ बागलुङ । यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन् । टोलछिमेकमा कोही बिरामी परे अस्पतालसम्म पुर्‍याउने मान्छे पाउन मुस्किल छ । खेतीयोग्य जमिन वनमाराले ढाक्न थालेपछि उत्पादनमा पनि कमी आउन थालेको छ ।

युवाशक्ति विदेशिएपछि घरपरिवार धान्ने जिम्मेवारी महिलाको काँधमा थपिएको छ । पहिलेपहिले ग्रामीण क्षेत्रका महिला विदेश जाने प्रचलन थिएन । अहिले उनीहरु पनि विदेश गएर आम्दानी गर्न थालेका छन् । महिला पनि विदेश जान थालेपछि गाउँ रित्तिने जोखिम बढेकामा यहाँका स्थानीय चिन्तित छन् । जिल्लाका गाउँदेखि बजारसम्मका अधिकांश युवाशक्ति विदेश पलायन हुँदैछन् । यसले अधिकांश गाउँ शून्य बन्दै गएका छन् ।

तर केही महिलाले भने गाउँमै बसेर उद्यम गर्नुका साथै अर्थतन्त्रलाई बलियो बनाएका छन् । त्यसमध्ये काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला पनि पर्छन् । उनीहरुका श्रीमान् र छोराछोरी विदेशमा छन् । विदेशबाट पठाउने रेमिट्यान्सभन्दा बढी महिलाले गाउँमै खसीबोका बेचेर आम्दानी गर्दै आएका छन् । यस गाउँका धेरै महिला सहकारीमा आवद्ध भएर सामाजिक काममासमेत अग्रसर बन्दै आएका छन् ।

तङ्ग्राम गाउँका थुप्रै युवा विदेशमा छन् तर महिला भने उद्यमी बनेर गाउँमै वार्षिक करोडौँ रकम भित्र्याउने गरिरहेका छन् । गाउँबाट प्रत्येक महिना दुई सयको हाराहारीमा खसीबोका बिक्री हुन्छ । यस गाउँमा दुई सहकारी छन् ।

त्यसमा आबद्ध भएर महिलाले खसीबोका पालन गरी सहकारीमार्फत बिक्री वितरण गर्ने गरेका छन् । तङ्ग्राम गाउँमा रहेको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले वार्षिक रू दुई करोड चार लाख र वसन्त सहकारीले रू दुई करोड १० लाखको खसीबोका बेच्ने गरेका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले यस वर्षको दसैँमा छ सय खसीबोका बेच्नका लागि तयार गरेको सहकारीका सहप्रबन्धक नरमाया पुनले जानकारी दिइन् ।

यस सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेको ६० खसीबोका बिक्री हुने भन्दै वार्षिक एक हजार तीन सय २० भन्दा बढी बिक्री गर्दै आएको उनले बताइन् । सहकारीले वार्षिक करिब रू दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरिरहेको भन्दै यसले सहकारीमा आवद्ध महिलालाई सक्षम र आत्मनिर्भर बनाएको पुनले बताइन् ।

“यहाँका धेरै मानिस विदेशमा जान्छन् । हाम्रो लागि सबैथोक गाउँ हो । गाउँ छोडेर कतै जान मन लाग्दैन”, उनले भनिन्, “रहेक महिना खसीबोका उत्पादन हुन्छन् । बजार पनि ठिकै छ । धेरै दिदीबहिनी खुसी हुनुहुन्छ ।” बढ्दो महँगीले महिला उद्यमीलाई असर पुर्‍याएको भन्दै उनीहरु कत्ति पनि विचलित नभइ आफ्नो पेसाप्रति प्रतिबद्ध भएर काम गरिरहेका पुनको भनाइ थियो ।

“यहाँका महिला अन्य ठाउँका महिलाका लागि प्रेरणाका स्रोतसमेत बनेका छन् । विदेश जाने तथा बजार झरेर विलासी जीवन बिताउने चाहना उनीहरुमा देखिन्न”, उनले भनिन् । वसन्त सहकारीकी प्रबन्धक हेमा विकले गाउँमा उत्पादन हुने खसीबोकाले महिलाको जीवनस्तरलाई माथि उठाएको बताइन् । यस सहरकारीले पनि दसैँ र तिहारका लागि छ सय बढी बोकाखसी बेच्नका लागि तयार गरेको उनको भनाइ थियो ।

विशेष गरी भदौ, असोज र कात्तिकमा उक्त सङ्ख्यामा खसीबोका बेच्ने लक्ष्यका साथ काम गरिने विकले जानकारी दिइन् । सहकारीमार्फत हरेक महिना एक सय देखि एक सय ५० सम्म खसीबोका बिक्री गर्ने भन्दै वार्षिक एक हजार पाँच सय वटासम्म बिक्री हुने उनको भनाइ थियो । सहकारीमार्फत वार्षिक रू दुई करोड १० लाख बढीको खसीबोका बिक्री गर्ने गरेको विकले बताइन् ।

बजारभन्दा गाउँको वातावरण स्वास्थ्यका लागि उपयोगी हुने हुँदा यहाँका महिलाले गाउँलाईनै माया गरेर उद्यमसँग जोडिएका उनको भनाइ थियो । तङ्ग्राम गाउँबाट बजार झर्ने र विदेश जानेको युवा शक्तिको सङ्ख्या बढी भए पनि महिला कमै मात्रामा भएको विकले बताइन् ।

“गाउँका प्रत्येक घरका एकरदुईजना सदस्य विदेश छन् । त्यसमध्ये धेरै त पुरुष नै हुनुहुन्छ”, उनले भनिन्, “गाउँमा खसीबोका उत्पादन गर्ने महिलाको  सङ्ख्या बढी छ । गाउँमा उत्पादन हुने खसीबोका सहकारीमार्फत बेच्ने गरेका छौँ । एउटै परिवारबाट कम्तीमा पनि पाँच सातवटा खसीबोका बेच्ने गरेका छौँ ।”

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  २ : ०३ बजे

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो

सिरहा – सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन – वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि

काडाँघारीको आइडियल सहकारीका सञ्चालक भागे, बचतकर्ता आन्दोलित

काठमाडौं- काठमाडौंको काँडाघारीस्थित आइडियल यमुना सहकारी संस्थाका सञ्चालहरू फरार भएका

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी,