नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा « Khabarhub

नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद र विकासलाई अपरिहार्य सर्तका रूपमा लिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शर्माले भने, “संविधानको प्रास्तवनामै समाजवादोन्मुख व्यवस्था भनिएको छ र हामी कांग्रेस, कम्युनिष्ट सबैले समाजवाद भनिरहेका छौँ । कस्तो समाजवाद हामीले चाहेका हौँ, त्यसको बहस गर्न जरुरी छ ।” त्यो बहसबाट अहिलेको सामाजिक अन्तर्विरोधलाई समाधान गर्न सकिने भन्दै उनले आर्थिक सम्पन्नता र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शर्माले भने, “जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्तासँगै सुख र सामाजिक न्यायसँगै खुसी जोडिएको छ । प्रदेश सरकारले आर्थिक सम्पन्ताका लागि रोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।”

समाजवादी मोर्चा गठन

नेकपा (माओवादी केन्द्र) का सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन गरिएको छ ।

उक्त मोर्चाको सदस्यमा नेकपा माओवादी केन्द्रबाट टोपबहादुर दर्लामी, नेकपा एकीकृत समाजवादीबाट टोपबहादुर रास्कोटी, खड्क केसी, नेकपाका जीत सी, योजना सी र जसपाका तर्फबाट दीप नेपाली र गङ्गा देवकोटा सदस्य रहेका छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला सह–इञ्चार्ज कुलदीप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीबीच एकता जरुरी रहकाले त्यसका लागि मोर्चा गठन गरिएको बताए ।

नेकपाका नेता भरत सीले सुशासन, शान्ति र समृद्धिका लागि समाजवाद अपरिहार्य भएको धारणा व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र नागरिक अधिकारको सुरक्षार्थ एक हुनाको विकल्प नरहेकामा जोड दिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ३ : ०१ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र