दसैँमा यातायातको सहज प्रबन्ध गर्न सुशासन समितिका सभापतिको निर्देशन « Khabarhub

दसैँमा यातायातको सहज प्रबन्ध गर्न सुशासन समितिका सभापतिको निर्देशन


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

सभापति खतिवडाले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रहरी महानिरीक्षक, यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यका ट्राफिक प्रहरी प्रमुखलगायतलाई यातायातको सहज एवं सुलभ प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

दसैँका समयमा घर जान लागिरहेका नागरिकले बसको टिकट नपाउने या टिकट लिन समस्या हुने, बाटोमा यातायातको समस्या हुने, यातायातका लागि महङ्गोमा टिकट खरिद गर्नुपर्ने, रुट आदिका कारण यातायातमा समस्या हुने आदि गुनासो आउने गरेकाले नागरिकहरुको गुनासो आउन नदिई अहिल्यैदेखि यातायातको उचित र सुलभ प्रबन्ध गर्न उनले निर्देशन दिएका हुन् ।

उनले सरोकारवाला निकायहरुसँग आवश्यक मात्रामा समन्वय र छलफल गरी तत्कालका लागि दसैँ र त्यसपछि तिहार र छठ पर्वसम्मकै लागि यातायातको योजना बनाउन र सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आज निर्देशन दिएका हुन् ।

दसैँ, तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट सहर आउने यात्रुहरुको लागि यातायातका सवारी साधन, सडक तथा ट्राफिक व्यवस्थापनमा ध्यान दिन र यसका लागि आवश्यक अन्य कार्यालयहरुसँग पनि प्रभावकारी समन्वय गर्न पनि उनले निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ५ : ३० बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि