इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त « Khabarhub

इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका दशमध्ये पाँच नेपाली विद्यार्थीको शव प्राप्त भएको छ।

तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै ज्यान गुमाएका मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको जनाएको हो ।

ज्यान गुमाएका अन्यको पनि शव प्राप्त हुने क्रममा रहेको दूतावासले जनाएको छ। साथै प्राप्त भएका शव ढिलो नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै आक्रमणमा घाइते भएका ४ जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका, जसमध्ये एक जना नेपाल पुगिसकेको र एक जना दूतावासको हेरचाहमा छन्। दुई जनाको भने अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ। आक्रमणको क्रममा वेपत्ता रहेका विपिन जोशीको खोजी जारी छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : १२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल