इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त « Khabarhub

इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका दशमध्ये पाँच नेपाली विद्यार्थीको शव प्राप्त भएको छ।

तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै ज्यान गुमाएका मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको जनाएको हो ।

ज्यान गुमाएका अन्यको पनि शव प्राप्त हुने क्रममा रहेको दूतावासले जनाएको छ। साथै प्राप्त भएका शव ढिलो नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै आक्रमणमा घाइते भएका ४ जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका, जसमध्ये एक जना नेपाल पुगिसकेको र एक जना दूतावासको हेरचाहमा छन्। दुई जनाको भने अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ। आक्रमणको क्रममा वेपत्ता रहेका विपिन जोशीको खोजी जारी छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : १२ बजे

‘रुपान्तरणसँगै कांग्रेसमा उत्साह छ, असन्तुष्टि मिलाउँछौं’

फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै