देश छाड्न पाकिस्तानले उर्दी गरेपछि अफगान शरणार्थी त्रसित « Khabarhub

देश छाड्न पाकिस्तानले उर्दी गरेपछि अफगान शरणार्थी त्रसित


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काबुल- पाकिस्तानले देश छाड्न उर्दी जारी गरेपछि त्यहाँ रहेका अफगान शरणार्थीहरु त्रसित बनेका छन् । गत अक्टोबर ३ मा पाकिस्तानको कामचलाउ सरकारका आन्तरिक मामिलामन्त्री शरफराज बुग्तीले अफगान शरणार्थीहरुलाई आगामी नोभेम्बर १ सम्म देश छाड्न आदेश दिएका थिए ।

यससँगै त्यहाँ रहेका अफगान शरणार्थीहरुको भविष्य अन्यौल हुन पुगेको अफगानिस्तानको खामा प्रेसले जनाएको छ । पाकिस्तान सरकारले यस वर्ष आफ्नो मुलुकमा भएका २४ मध्ये १४ आत्मघाती आक्रमणमा अफगान नागरिकको संलग्नता रहेको भन्दै काजगजातविहीन अफगान शरणार्थीहरुलाई आफैँ देश छाडेर जान अन्यथा बल प्रयोग गर्ने निर्देशन दिएको छ ।

यद्यपि कस्तो बल प्रयाग गरी कसरी अफगान शरणार्थीलाई स्वदेश फर्काउने भन्ने विषयमा भने इस्लामावादले कुनै विवरण सार्वजनिक नगरेको खामा प्रेसले उल्लेख गरेको छ ।

पाकिस्तान सरकारको यस निर्णयलाई अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारमाथि दबाब बढाउने रणनीतिका रुपमा हेरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआरका अनुसार पाकिस्तानमा हाल ३७ लाख अफगान शरणार्थीहरुको बसोबास छ । यीमध्ये केबल १४ लाख अफगान शरणार्थीमात्रै औपचारिक रुपमा दर्ता भएका छन् । यूएनएचसीआरले पाकिस्तानलाई आफ्नो निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १२ : ५४ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार