इंग्ल्यान्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित « Khabarhub

इंग्ल्यान्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले साविक विजेता इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।

जितको लागि २ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई ६९ रनले पराजित गर्दै अफगानिस्तानले ऐतिहासिक जित दर्ता गरेको हो । आफ्नो क्रिकेट इतिहासमा अफगानिस्तानले पहिलो पटक विश्वकप विजेता इंग्ल्यान्डलाई पराजित गरेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्ड ४०.३ ओभरमा २ सय १५ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए । त्यस्तै डेविड मलानले ३२ , जो रुटले ११, जोनी बेयरस्टोले २ र जस बटलरले ९ रन बनाए ।

अफगानिस्तानका लागि मुजिब उर रहमान र राशिद खानले समान ३ विकेट लिए । त्यस्तै मोहम्मद नाबी २ तथा नविन र फजलहकले समान एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ४९.४ ओभरमा २ सय ८४ रनमा अल आउट भएको थियो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५७ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । त्यस्तै ओपनर इब्राहिम जाडरानले २८, इक्रम अलिखिलले ५८, रसिद खानले २३ तथा मुजिब उर रहमानले २८ रन बनाएका थिए

इंग्ल्याण्डका लागि आदिल रसिदले ३ तथा मार्क वुडले २ विकेट लिए । तीन खेलमा इंग्ल्याण्डको यो दोस्रो हार हो । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : ०० बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति