इंग्ल्यान्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित | Khabarhub Khabarhub

इंग्ल्यान्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले साविक विजेता इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।

जितको लागि २ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई ६९ रनले पराजित गर्दै अफगानिस्तानले ऐतिहासिक जित दर्ता गरेको हो । आफ्नो क्रिकेट इतिहासमा अफगानिस्तानले पहिलो पटक विश्वकप विजेता इंग्ल्यान्डलाई पराजित गरेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्ड ४०.३ ओभरमा २ सय १५ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए । त्यस्तै डेविड मलानले ३२ , जो रुटले ११, जोनी बेयरस्टोले २ र जस बटलरले ९ रन बनाए ।

अफगानिस्तानका लागि मुजिब उर रहमान र राशिद खानले समान ३ विकेट लिए । त्यस्तै मोहम्मद नाबी २ तथा नविन र फजलहकले समान एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ४९.४ ओभरमा २ सय ८४ रनमा अल आउट भएको थियो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५७ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । त्यस्तै ओपनर इब्राहिम जाडरानले २८, इक्रम अलिखिलले ५८, रसिद खानले २३ तथा मुजिब उर रहमानले २८ रन बनाएका थिए

इंग्ल्याण्डका लागि आदिल रसिदले ३ तथा मार्क वुडले २ विकेट लिए । तीन खेलमा इंग्ल्याण्डको यो दोस्रो हार हो । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : ०० बजे

६ महिनापछि घर फर्किए टिङ्करवासी

दार्चुला– दार्चुलाको उत्तरी सिमानामास्थित टिङ्कर गाउँका स्थानीय ६ महिनापछि गाउँ

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र

हुलाकी सडकले सुगम बन्यो बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारि अवस्थित नरैनापुर गाउँपालिका

खोटाङमा आजदेखि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

खोटाङ– नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

बागलुङ-  एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र