बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप : उद्घाटन खेलमा डाँगीहाट विजयी | Khabarhub Khabarhub

बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप : उद्घाटन खेलमा डाँगीहाट विजयी


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मोरङ – बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटन खेलमा डाँगीहाट युथ क्लब विजयी भएको छ । डाँगीहाट युथ क्लबले भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा आज भएको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा डाँगीहाटले निर्णायक गोल गरेको थियो । उसका लागि खेलको ६८औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए । उनले अशिम राईको पासमा गोल गरेका थिए ।

यसअघि उक्त प्रतियागिताको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले एक भब्य समारोहबीच गरेका थिए । डाँगीहाट युथ क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा चर्च ब्वाइज काठमाडौँ, बिग्रेड ब्वाइज क्लब काठमाडौँ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र भारतको युकेएफसी सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई रु आठ लाख, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले रु पाँच लाख, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए । सोमबार सहलेश युवा क्लब सिरहा र भारतको युकेएफसी क्लबबीच खेल हुनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : ३० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य