चीन भ्रमण पूरा गरी अध्यक्ष नेपाल स्वदेश फिर्ता | Khabarhub Khabarhub

चीन भ्रमण पूरा गरी अध्यक्ष नेपाल स्वदेश फिर्ता


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता भएका छन् ।

दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो ।

‘सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ७ : २५ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु