‘दाजुभाइलाई तिहारमा मौसमी फलफूल दिनुपर्छ’ | Khabarhub Khabarhub

‘दाजुभाइलाई तिहारमा मौसमी फलफूल दिनुपर्छ’


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

आज भाइटीका सबै जना हर्ष उल्लासको साथ मनाउँदै छन्। आजको दिन दिदी बहिनीले दाजुभाइलाई विभिन्न स्वाद अनुसारका खानाका परिकार बनाएर खुवाउने चलन पनि छ। आज दाजु भाइको स्वाद र इच्छा अनुसारको खाना खुवाउनु राम्रो मानिन्छ। तर कतिपय अवस्थामा हाम्रो सानो लापरबाहीले पनि दाजुभाइको स्वास्थ्यमा ठुलो असर गर्नसक्छ। त्यसैले आज कस्तो खाना खुवाउँदा राम्रो हुन्छ त ? यसै विषयमा आधारित रहेर खबरहबका लागि पोषणविद् रश्मि बजिमयासँग गरीएको कुराकानीको सम्पादित अंशः

तिहारमा खाने परिकारलाई हामीले कसरी ध्यान दिने ?
तिहार भनेको हामीले बत्ती र फलफूलको पर्व भनेर भन्छौँ। तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि उपहार स्वरूप भाइमसला दिने चलन छ। भाइमसलाको रूपमा ड्राई फ्रुट्सको प्रयोग हुन्छ। यसमा काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडालगायत मसला प्रयोग गरिन्छन्। यसका साथै तिहारमा भाइलाई टीका लगाएर भाइको उत्तरदायीको कामना गर्दै मौसम अनुसारको फलफूलहरू पनि दिने चलन छ। अहिलेको मान्छेमा पहिलाको मान्छे जस्तो पाचन शक्ति बलियो छैन। पहिला काम धेरै हुन्थ्यो, व्यायाम धेरै हुन्थ्यो। फलफूलहरू माछा मासुहरू जति खाँदा पनि त्यसले असर गर्दैनथ्यो। तर अहिलेका मानिसको काम र व्यायाम थोरै छ त्यसैले खानपानमा ध्यान दिएन भने समस्या हुनसक्छ। कुनै दाजुभाइमा दीर्घकालीन रोग उच्च रक्तचाप सुगर छ भने गुलियो खाना खायो भने रगतमा चिनीको मात्रा बढी भएर असर गर्दछ त्यसैले यो कुरालाई ध्यानमा राखेर खानेकुरा दिनुपर्छ।

चेलीबेटीले दाजुभाइलाई यो तिहारमा कस्ता खाने कुरा दिनुपर्छ ?
हामीले पहिलादेखि नै देख्दै आएको र मान्दै आएको तिहारको विशेष खाना भनेको सोल रोटी हो। गुलियो रोटी, अनारसामा जुन तेल वा घिउ हालेर धेरै समय तेलमा पकाएर पछिसम्म राख्न मिल्ने गरी बनाइन्छ। त्यसैले यस्ता तारेको खाना धेरै समय राखेर खाँदा तेलको क्वालिटी बिग्रिँदै जान्छ। त्यसले हाम्रो मुटुलाई असर गर्दछ। सेल बनाउँदा धेरै तेल घिउ नराखेर ठिक्क पकाउने त्यसले गर्दा धेरै तेलको क्वालिटी बिग्रिन पनि पाउँदैन। धेरै चिनीको पनि प्रयोग गर्नु हुँदैन। यसरी दाजुभाइलाई खाना दिँदा ब्यालेन्स मिलाएर वा सबै भिटामिन युक्त खाना दिनुपर्दछ।

ब्यालेन्स मिलाएर के के कुरा समावेश गर्नै पर्ने हो ?
अहिले हामी भाइ मसला जस्तो ड्राइफ्रुडहरु धेरै दिन्छौं, त्यसमा धेरै भिटामिनहरू पाइन्छ। यस्तो मसलामा धेरै क्यालोरी हुन्छ तर थोरै मात्रामा ब्यालेन्स मिलाएर खाँदा राम्रो हुन्छ। अहिलेको मौसमअनुसारका फलफूलहरू जस्तोः भोगटे, सुन्तला मौसमहरू दिनु राम्रो हुन्छ। यिनीहरूमा भिटामिन सी, फाइबर पाइन्छ। यी फलफूलहरू दिन सक्छौँ। हलुवाबेद, अमलामा पनि भिटामिन सी पाइन्छ। यसले स्किनदेखि लिएर रौँहरू सबैलाई मद्दत गर्दछ। यस्ता फलफूलहरू दिँदा राम्रो हुन्छ।

स्वास्थ्यलाई ख्यालमा राख्दै चिल्लो तथा गुलियो खानासँगै कस्तो परिकार खाने ?
जहिले पनि पानी प्रशस्त मात्रामा खानुपर्छ। गुलियो खानासँग भिटामिन सी खानुपर्छ। फाइबरयुक्त साग, सब्जी, सलाद, सुन्तला, भोगटे र मौसम खानु पर्दछ।

खाना एक पटक पकाएर धेरै दिनसम्म तताएर दैनिक रूपमा खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ जस्तो सेल रोटीहरू ?
यसमा चाहिँ खाना राख्नमा भर पर्दछ। पकाएर बाहिरै छोड्ने तताएर खाने ग¥यो भने त्यसको खानाको क्वालिटी त्यसमा भएको माइक्रोअर्गानिजमहरुमा नराम्रो किसिमको माइक्रोअर्गानिजमहरुको विकास हुन्छ। त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्दछ। खाना पकाउने र राम्रोसँग फ्रिजमा हालेर राख्ने। पछि जति चाहिने हो, त्यति मात्र निकालेर तताउने गर्नु पर्दछ। निकाल्ने तताउने फेरि चिसो बनाउने फेरि तताउने गर्नु हुँदैन।

तिहारमा दीर्घ रोगीहरुले थप समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
दीर्घ रोगीहरुले यसको लागि सबै भन्दा पहिला त आफ्नो डाक्टरसँग सल्लाह गर्नुपर्छ। मधुमेहको रोगीलाई सेल खाना मन लाग्यो भने ठिक्क खाने तर खाए पनि व्यायाम एकदमै राम्रोसँग गर्नुपर्छ। धेरै समय हिँड्ने र कागती खाने गर्नु पर्दछ। चाडपर्व सबैले राम्रो र रमाइलोसँग मनाउनु पर्दछ। तर भोलि गएर मैले यस्तो खाना खाएर यो समस्या आयो भन्ने अवस्था आउनु हुँदैन। शारीरिक व्यायामहरू गर्ने खाना समयमा खाने, पानी प्रशस्त मात्रामा खाने गर्दा अरू असर देखा पर्दैन।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ७ : ०८ बजे

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि