भारत विश्वकपको फाइनलमा, न्युजिल्याण्ड ७० रनले पराजित « Khabarhub

भारत विश्वकपको फाइनलमा, न्युजिल्याण्ड ७० रनले पराजित


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको हो ।

जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन् । त्यस्तै कप्तान केन विलियम्सन ६९, ग्लेन फिलिप्सले ४१ रन रन बनाए ।

बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए ।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो ।

भारतका विराट कोहली र श्रेयस अय्यरले शतक बनाए । कोहलीले १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएयस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान रोहित शर्माले २९ बलमा ४७ र केएल राहुलले ३९ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ११ : ०० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले