नेतालाई खिर, जनतालाई झिर | Khabarhub Khabarhub

नेतालाई खिर, जनतालाई झिर



एउटा छुकछुके मुसो जाँडको घ्याम्पोमा परेछ। भगीरथ प्रयास गर्दा पनि उ त्यहाँबाट उम्कन सकेन्। यो दृश्य टाढाबाट एउटा बिरालाले देखिरहेको थियो। बिरालो न पर्‍यो, उसले घ्याम्पोको मुखमा गएर मुसालाई जिस्काउँदै टन्न जाँड धोक्न सल्लाह दियो। तर मुसो परम शत्रुसँग दोस्ती गरेरै भए पनि त्यहाँबाट उम्कन चाहन्थ्यो। उसले बिरालालाई अनुनय विनय गर्दै भन्यो- ‘दाइ, म स्वभावैले धानचरी। तिम्रो कसम, धान उब्जाउने किसानको कसम, म बरु तिम्रो आहार बन्न तयार छु तर जाँडमा डुबेर अगति परेर मर्न चाहन्नँ। बिन्ती छ, मलाई यहाँबाट मुक्त गराइदेउ।’

बसीबसी आहारा मुखैमा आउन लागेपछि बिरालो पनि लोभियो। उसले बाचा कसम गराएर आहाराको स्वीकृतिपछि उसलाई बाहिर निकालिदियो। मुसो बाहिर निस्किनसक्दै खुरुरुरु कुदेर दुलोमा पस्यो। बिरालोले बाचा सम्झाउँदा मुसाले उत्तर दियो- ‘ फन्टुस बिराला, जाँड खाएका बेला के के बोलियो के के, त्यसको पनि कुनै हिसाब हुन्छ ? मातेका बेला भनेका कुरा पत्याउने तिमी कस्तो मूर्ख ? लौ तिमी आफ्नो बाटो लाग, म आफ्नोबाटो लागेँ बाईबाई।’

थाङने गफबाट माथि उठ्न नसकेका हाम्रा नेताहरुको अवस्था अहिले जाँडमा चोबलिएको त्यही मुसाको जस्तो भएको छ। न अध्ययन, न आचरण, न इमान्दारी, मान्छेभित्र हुनुपर्ने कुनै मानवीय गुणले तान्न नसकेपछि तिनीहरु तल्लो स्तरमा उत्रिएर एक अर्कालाई धारे हात लगाउन हानथाप गरिरहेका छन्। कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मको हुँकार एकै छ- आफूलाई सरकारको तालाचाबी सुम्पिए मात्र देश र जनताको कल्याण हुन्छ रे ! त्यो दम्भभित्र देशभक्ति नभएर जागिरको लोभ छ।

बसी बसी आहारा मुखैमा आउन लागेपछि बिरालो पनि लोभियो। उसले बाचा कसम गराएर आहाराको स्वीकृतिपछि मुसालाई बाहिर निकालिदियो। मुसो खुरुरुरु कुदेर दुलोमा पस्यो। बिरालोले बाचा सम्झाउँदा मुसाले उत्तर दियो- ‘फन्टुस बिराला जाँड खाएका बेला के-के बोलियो, के- के, त्यसको पनि कुनै हिसाब हुन्छ ? मातेका बेला भनेका कुरा पत्याउने तिमी कस्तो मूर्ख, लौ तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लागेँ बाईबाई।’

शायद राजनीतिलाई जागिरमा करार गरिने मुलुक यही नै पहिलो र अन्तिम हुनुपर्छ। होइन भने राजनीतिमा सबैभन्दा ठूलो कानुन इमान्दारी र निष्ठा हो। जुन देशको लोकतन्त्रमा तेस्रो दलले पहिलो र दोस्रो दललाई शासन गर्छ भने त्यो लोकतन्त्र र जग्गा दलालीमा एक इन्च फरक छैन्। ‘लुटाहा पार्टीको पिलन्धरे गणेशमानले मेरो दारीका रौं जति पनि भोट ल्याउँदैन’ भनेर व्यक्तिवादी नीच राजनीतिमा उत्रिने केआईसिंह प्रवृत्ति ६ दशकपछि झन्झन् उत्ताउलोसँग प्रकट हुँदैछ।

अब निष्ठावान र लोभ नभएको एउटा साहसी पुरुषको उदय देशमा नहुने हो भने पुरै देश दलालीतन्त्रको अखडामा अनुवाद भइसकेको छ। जनतालाई पार्टीका दासबाट स्निग्ध फटिकजस्तै बनाउनु पहिलो र अन्तिम चुनौती बनेको छ। बोतलको पानी रित्याउने सुकुटी माछा हैन, प्रत्येकका हातमा माछा मार्ने जाल थमाउने राजनीति चाहिएको छ।

संघीयता, जातजाति, भाषाभाषीका नारा कृष्णलीलाका बाल श्रीकृष्णले चन्द्रमा झारेर ल्याइदिने हठ गरेपछि आमा यशोदाले थालमा पानी भरेर चन्द्रमाको छाया धर्तीमा झारेर थुम्थुम्याएजस्तै चटक बन्यो। व्यक्तिवादी सन्की र हठमा हरेक क्षेत्र थिलथिलो बनाउने अभियान विरुद्ध खबरदारी नगर्ने हो भने दूधको लाम्टा चुसेर हाडछाला पारिएको तर स्याहार चाकर नगरिएको गाईको अवस्था देशले झेल्नुपर्ने पक्का छ।

बिरालो कुन रंगको छ भन्ने सवाल होइन, सवाल त बिरालोले मुसा मार्छ कि मार्दैन भन्ने हो। उसको परिचय नै त्यही हो। नेपालमा मास्टर्स डिग्रीभन्दा खाडीको ५० डिग्रीको तापक्रम पोसाउने भएपछि यहाँ गरिने राजनीति नेताहरुको कुटिर उद्योग शिवाय केही होइन। भारु र दारु विनाको राजनीति के राजनीति अहिलेको सच्चाइ यही हो।

हेर्नुस त घरपरिवारको गर्जो टार्न खाडी गएका युवा देश फर्कनुभन्दा रुसी र युक्रेनी सिपाही भएर अर्काको देशको बन्दुक बोक्न प्यारो मान्न थालेका छन्। उनीहरुलाई परदेश पुग्दा लागेको ऋणको बोझभन्दा राइफलको सिरानी प्रिय लागेको हो। आफू गोलीबारुदको शिकार भए पनि इन्सुरेन्सले परिवारको आँसु पुछियोस् भन्ने मनोविज्ञान उनीहरुमा हावी भएको देखिन्छ। अमेरिका पुगेका नेपाली किशोर किशोरी फास्ट ट्रयाकबाट त्यहाँको बसाइ सुनिश्चित गर्न सेनामा भर्ती हुन थालेका छन्।

अब निष्ठावान र लोभ नभएको एउटा साहसी नेताको उदय देशमा नहुने हो भने पूरै देश दलालीतन्त्रको अखडामा अनुवाद भइसकेको छ। जनतालाई पार्टीका दासबाट स्निग्ध फटिकजस्तै बनाउनु पहिलो र अन्तिम चुनौती बनेको छ। बोतलको पानी रित्याउने सुकुटी माछा हैन, प्रत्येकका हातमा माछा मार्ने जाल थमाउने राजनीति चाहिएको छ।

बीपी कोइरालाको दल यतिबेला सत्तामा छ। तत्कालीन अवस्थामा पञ्चायतविरुद्ध उनले बोलेका अभिव्यक्ति अहिले उनकै पार्टीमा सक्कल बमोजिम नक्कल देखिएको छ। बीपी भन्थे, ‘अहिले जुन वर्ग उपस्थित छ, अहिले जुन वर्ग बन्या छ- त्यसलाई देशसँग कुनै किसिमको वास्ता छैन। सुख्खा भएता पनि उनीहरुको सम्पत्तिमा कुनै कमी हुँदैन। पानी पर्छ पर्दैन, नहर लाग्छ लाग्दैन, तिनीहरुलाई कुनै वास्ता छैन। बजार डुबेर जाओस् या उद्योगधन्दाको विकास होस या नहोस, उनीहरुलाई कुनै फरक पर्दैन। उनीहरु त यहाँका सम्पदालाई नष्ट गरेर, प्राचीन कला कृति विदेश पठाएर, जंगल खाएर, अवैध धन्दा गरेर बसेका छन्। यही तत्त्व अहिले शासनको केन्द्रमा छ। यो राष्ट्रिय तत्त्व होइन, अराष्ट्रिय तत्त्व हो।’

नेपालको राजनीति विवेक कम, निर्देशन ज्यादाबाट चल्ने गरेको छ। अहिले मात्र होइन, उहिल्यैदेखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ। जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो। तीर्थाटनमा आएकी एउटी महिलासँग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस् बनाइदिए।

कमजोरीलाई सच्याउने हैन, तासको किट्टी खेलका कप्टी खेलाडीजस्तो एक्का ट्रायल फोरेर अन्त्यमा एक्काजुट शो गरी अरुलाई बिगार्ने अभ्यासमा पुरै राजनीति अभ्यस्त भयो। हरेक राजनीतिक प्राणी सत्तामा हुन्जेल गोलचक्करमा फस्ने, त्यहाँबाट झरेपछि जाँडको धङधङेले नछोडेको जँड्याहाजस्तो भएर जीवन गुजार्ने थुप्रै छन्। यसैको परिणाम चटकमा मुलुक सिंगापुर बनाउनेदेखि लिएर स्याटेलाइटबाट बिजुली बत्ती बाल्ने समेत देखा परे। यिनीहरुलाई के थाहा ? घोडाको सुन्दर तस्बिर बनाउनु र तबेलामा घोडा पाल्नु आकास पातालको अन्तर छ।

नेपालको राजनीति विवेक कम, निर्देशन ज्यादाबाट चल्ने गरेको छ। अहिले मात्र होइन, उहिल्यैदेखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ। जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो।

यहाँको राजनीतिमा देखिने अनपेक्षित र अप्राकृतिक परिदृश्यका विषयमा बीपी अर्को ठाउँ लेख्छन्, ‘कति विद्यार्थी मरे, अपाङ्ग भए, थुनिए, यातना पाए। ती सबैले सूर्यबहादुरलाई ल्याउन गरेको म भन्दिनँ। तर त्यस्तो प्रमाणित हुन गयो। विद्यार्थी आन्दोलन चल्दछ– त्यसले गर्दा हामीलाई जनमत संग्रह प्राप्त भयो, यसो भयो, उसो भयो भनिन्छ। म त केवल समस्याको प्रकृतिलाई हेर्ने गर्दछु। म देख्छु, त्यसको सबभन्दा ठूलो प्राप्ति हो- सूर्यबहादुर थापा। त्यत्रो ठूलो आन्दोलनबाट त आन्दोलनकारी पो स्थापित हुनुपर्ने तर त्यहाँ तिनीहरु स्थापित भएनन। स्थापित को हुन्छ भने सूर्यबहादुर थापा। आन्दोलन हुन्छ भुट्टोलाई लिएर। तपाईंलाई थाहा छ ? हाम्रा मानिस मारिँदा आन्दोलन हुँदैन। त्यसभन्दा १५ दिन अगाडि देशभक्तहरु मारिए, झुण्ड्याइए, गोलीका शिकार भए- यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ। तिनीहरुका बारेमा केही हुँदैन। आन्दोलन भुट्टोका कारणबाट थालनी हुन्छ र अन्त्य हुन्छ- सूर्यबहादुर थापाको स्थापनामा।’

प्राविधिक ज्ञानका नाममा मोबाइल चलाउँदा हरियो थिचे बोल्छ, रातो थिचे काटिन्छ भन्ने फर्मूला बुझेका नेतालाई कथाका रवाफी राजा अकबरलाई रेसमी लुगा लगाइदिएको भ्रममा नाङ्गो घुमाउने बीरबल क्षमता बोकेका थुप्रै वीरवलहरु अहिले गाउँमा जन्मिसके भन्ने बुझ्न जरुरी छ। त्यसैले त भनिन्छ- आशावादी मानिसले हवाइजहाज बनाउँछ, निराशावादी प्यारासुट बनाउँछ भने दुवै नगर्ने जमिनमा बसेर कुरा जोत्ने काम गर्छ। त्यसो त इतिहास साक्षी छ, हाम्रो राजनीतिक धरातल कहिल्यै मजबुत भएन्। राज्य सञ्चालकले आफू उभिने पाइलो बाहेक अरुतिर ध्यानै पुर्‍याएनन्।

राजनीतिशास्त्रले स्थापित गरेको जनता कहिल्यै गलत हुँदैन् भन्ने मान्यता नबाँचेको भए हाम्रोमा हुर्किएको राजनीतिभित्रको दलालीले घर खरानी बनाएर त्यसको टीका लगाउने बाहेक अरु सिर्जनशील सूत्र केही सिकाएनन्। फलस्वरुप सिक्ने तर नसिकाउने अपराधको अर्को कडी राजनीति बन्नपुग्यो। अझ रोबर्ट राजनीति हाम्रो आदर्श बन्यो।

प्राविधिक ज्ञानका नाममा मोबाइल चलाउँदा हरियो थिचे बोल्छ, रातो थिचे काटिन्छ भन्ने फर्मूला बुझेका नेतालाई कथाका रवाफी राजा अकबरलाई रेसमी लुगा लगाइदिएको भ्रममा नाङ्गो घुमाउने बीरबल क्षमता बोकेका थुप्रै वीरवलहरु अहिले गाउँमा जन्मिसके भन्ने बुझ्न जरुरी छ।

कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए। आज पनि मकैमा खुम्ले लाग्छ। विज्ञले त्यसको ओखती बताउँछन्। तर सत्ता र शक्तिबाट अन्धो मानिस कति भयभीत हुँदोरहेछ भने खुम्ले र आफूमा अन्तर देख्दोरहेनछ। कृष्णलाल मारिए पनि उनको लेखनी सत्यबाट डगमगाएको छैन्। मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ- ‘सरकारले आफ्ना देशका कुकुरहरु भन्दा विदेशी कुकुरहरुको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरु काम लाग्दैनन्। स्वदेशी कुकुरहरु नै काम लाग्छन्।’

नेताहरु थुन्ने पनि अरु नै, छुटाउने पनि अरु नै। कुर्सीमा आसिन गराउने पनि अरु, खँदार्ने पनि अरु नै। शायद मर्दहरु नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ। कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन। इतिहास साक्षी छ। २००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्किदो थियो। नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो।

मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ- ‘सरकारले आफ्ना देशका कुकुर भन्दा विदेशी कुकुरको बढ्ता मान गर्छ । तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरु काम लाग्दैनन्, स्वदेशी नै काम लाग्छन्।’

भारतीय नेता महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीले मानवताको नाताले रिहाईको माग गर्दै नेपाल सरकारलाई चिट्ठी लेखेका थिए। नेताका मात्र होइन, राणा शासकदेखि राजा खलकका निर्देशक पनि तिनै भारतीय थिए। छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे।

गोराहरुको ढाडस पाएका जंगबहादुरले पहिले आफूलाई राणाजी बनाए। आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पुर्‍याए। भाइहरुको विवाह राजा खलक मात्र बनाएनन, श्री ३ घोषणा गरेर राजपाटमा दख्खल दिए। यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिए पनि राज्य झन्झन् कमजोर बन्ने रहेछ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : ०१ बजे

युरोकप : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्लोभेनिया

एजेन्सी – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गत समूह ‘सी’को

सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि हुने

आइतबारसम्म देशभर मनसुन फैलिने

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल

प्रचण्ड, ओली र रविबीच भेटवार्ता, राजदूत नियुक्तिको विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा

अफगानिस्तानलाई भारतले दियो एक सय ८२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले