३० लाख रुपैयाँ बुझाउन बालकृष्ण खाण पुगे जिल्ला अदालत « Khabarhub

३० लाख रुपैयाँ बुझाउन बालकृष्ण खाण पुगे जिल्ला अदालत


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेश गरेका छन ।

पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बराबरको ग्यारेन्टी पेश गर्न जिल्ला अदालत पुगेका हुन् । अब खाणले ३० लाख धरौटी बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सोधपुछ गर्नेछ । त्यसपछि मात्रै खाण थुनामुक्त हुनेछन् ।

त्यसअघि बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा मुद्दा पुगेको हो ।

यो पनि-

बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ५२ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म