३० लाख रुपैयाँ बुझाउन बालकृष्ण खाण पुगे जिल्ला अदालत « Khabarhub

३० लाख रुपैयाँ बुझाउन बालकृष्ण खाण पुगे जिल्ला अदालत


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेश गरेका छन ।

पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बराबरको ग्यारेन्टी पेश गर्न जिल्ला अदालत पुगेका हुन् । अब खाणले ३० लाख धरौटी बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सोधपुछ गर्नेछ । त्यसपछि मात्रै खाण थुनामुक्त हुनेछन् ।

त्यसअघि बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा मुद्दा पुगेको हो ।

यो पनि-

बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ५२ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले