भरतपुर अस्पतालमा सुत्केरी हुन आउनेमध्ये ४० प्रतिशतको शल्यक्रिया | Khabarhub Khabarhub

भरतपुर अस्पतालमा सुत्केरी हुन आउनेमध्ये ४० प्रतिशतको शल्यक्रिया


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया हुने गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार आठ सय ९४ सुत्केरी हुँदा चार हजार आठ सय ११ जनाको शल्यक्रिया गरिएको छ । चालु आर्थिक वर्षको चार महिनामा ४४ दशमलव १२ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका छन् ।

गत कात्तिकमा तीन हजार सात सय ९८ सुत्केरी भएकामा एक हजार छ सय ७६ को शल्यक्रिया गरिएको अस्पतालका तथ्याङ्क शाखा प्रमुख नारायण रिजालले जानकारी दिए ।

उनका अनुसार आव २०७६÷७७ मा १२ हजार छ सय ३२ सुत्केरी भएकामा तीन हजार छ सय ३३ को शल्यक्रिया गरिएको छ । यो तथ्याङ्क २८ दशमलव ७६ प्रतिशत हो । सो वर्ष आठ हजार सात सय १० जनाको सामान्य तरिकाले शल्यक्रिया गरिएको थियो ।

आव २०७७/७८ मा अघिल्लो आवको तुलनामा छ प्रतिशतले बढेर ३४ दशमलव ९२ प्रतिशत पुग्यो । सो वर्ष नौ हजार नौ सय ७० सुत्केरी हुँदा तीन हजार तीन सय ९९ को शल्यक्रिया गरिएको थियो । त्यसपछि आव २०७८/७९ मा १२ हजार दुई सय २१ सुत्केरी हुँदा चार हजार दुई सय आठ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।

भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख सुनिलमणि पोख्रेलका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । भरतपुर अस्पताल रिफरल अस्पताल भएकाले पनि शल्यक्रिया गर्नुपर्ने उनले बताए । “यहाँ बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका घटना आउँछन्”, उनले भने, “पचास प्रतिशत त ‘रिफरल केस’ नै हुन्छन् ।”

उच्च प्रश्रव पीडा र गाह्रो भएपछि अन्य अस्पतालले भरतपुर अस्पताल पठाउने गरेको उनले बताए । उनले सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्ने गरेको बताए । सम्पन्न परिवारका महिला प्रश्रव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहने बढिरहेको उनको भनाइ छ ।

भरतपुर अस्पतालमा गत वर्ष सुत्केरी हुने क्रममा पाँच जनाले ज्यान गुमाएका थिए । बच्चा जन्माउने क्रममा एक र बच्चाको जन्म दिएपछि चार जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै चालु आवको चार महिनामा २६ शिशुको मृत्यु भएको छ । अघिल्लो आव २०७९/८० मा एक सय चार शिशुको मृत्यु भएको थियो । सो वर्ष जन्म भएपछि १६ र गर्भाअवस्थामा ८८ शिशुको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : ४३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय