असाधारण विकास गर्न खोजेका थियौँ, षड्यन्त्र गरेर सत्ताबाट हटाए : अध्यक्ष ओली « Khabarhub

असाधारण विकास गर्न खोजेका थियौँ, षड्यन्त्र गरेर सत्ताबाट हटाए : अध्यक्ष ओली


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षड्यन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत शुक्रबार तेह्रथुमको आठराई गाँउपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सरकारले मुलुकमा असाधारण विकासको काम गर्न खोजेकाले षड्यन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका हुन् ।

सरकारबाट हटेपनि एमाले लोकप्रिय पार्टी हुन सफल भएको उनले बताए । ओलीले मिसन २०८४ का लागि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरेको र लाखौँ जनता सहभागी भएको दाबी गरे ।

ओलीले मुलुकलाई अप्ठेरोबाट अघि बढाउनका लागि सहित नीतिको आवश्यकता रहेको र त्यो एमालेमा मात्रै भएको जिकिर गरे । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ३९ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला