सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुने | Khabarhub Khabarhub

सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुने


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सौराहा- चितवनको पर्यटकीय क्षेत्र सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।

कोरोना भाइरसका कारण रोकिएको हात्ती महोत्सव यस पटक आयोजना हुन लागेको चितवनको सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कोरोना भाइरसले थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको चितवन हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए ।

विश्व सम्पदा सुचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनलाई महत्वपूर्ण गन्तव्यस्थलको रुपमा चिनाउन पनि महोत्सवको उद्देश्य रहेको उनको भनाइ छ ।

हात्ती महोत्सवको विभिन्न पशु अधिकारीवादीहरुले विरोध गर्दै आएका छन् । हात्ती महोत्सवमा हात्तीहरुलाई दुःख दिने खालका गतिविधि भएको भन्दै अधिकारवादीले विरोध गरेपछि हात्तीमैत्री गतिविधि गरेर महोत्सव गर्न लागेको क्षेत्रीय होटल स्रघ नेपाल चितवनका पूर्वअध्यक्ष दिपक भट्टराईले बताए ।

विगतका हात्ती महोत्सवमा हात्ती दौड, छावाहरुको फुटबल हात्ती सुन्दरी प्रतियोगिता र हात्तीलाई वनभोज कार्यक्रम हुँदै आएको थियो । यही पौष १० गते देखि १४ गते सम्म हुने हात्ती महोत्सवमा हात्तीलाई वनभोज र हात्ती श्रृङ्गार प्रतियोगिता र हात्तीको दिनचर्याबारे जानकारी दिइने कार्यक्रम रहेको भट्टराईले बताए । हात्ती महोत्सव क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुँदै आएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ५० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा