देश/प्रदेश

प्रजनन् रोग विशेषज्ञ डा. पाण्डेले भारतमा जितिन् अवार्ड

By खबरहब

December 15, 2023

काठमाडौं- प्रजनन् रोग विशेषज्ञ डा. अस्मिता पाण्डेले भारतमा अवार्ड जितेकी छिन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस) को वार्षिकोत्सवमा उनले ‘आईएफएस योङ एचिभर्स’ अवार्ड जितेकी हुन् ।

प्रजनन स्वास्थ्य सेवाका साथै विभिन्न अनुसन्धान, लेखन र सम्पादनजस्ता प्राज्ञिक कार्यमा पनि उनी सक्रिय छिन् । ढाका विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरेकी उनी हाल वात्सल्य आईभीएफ सेन्टरमा कार्यरत छिन् ।