बढुवा भएका रथी सिग्देललाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

बढुवा भएका रथी सिग्देललाई दर्ज्यानी चिह्न प्रदान


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा भएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मेका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।

आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले रथी सिग्देलका साथै उपरथीमा बढुवा भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि दर्ज्यानी चिह्न प्रदान गरे । रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : ०९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका