काठमाडौं – गृह मन्त्रालयले १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
एकै पटक विभिन्न जिल्लाका १९ प्रमुख जिल्ला अधिकारीसहित २५ जनाको सरुवा तथा पदस्थापन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई मन्त्रालय बाट मोरङको सिडिओमा सरुवा भएका छन् ।
यस्तै गृहका अर्का सहसचिव आनन्द काफ्ले पाल्पाको सिडिओ बनेका छन् । राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।
जयनारायण आचार्य गृह मन्त्रालयबाट सुनसरीको सिडिओमा सरुवा भएका छन् ।
माहादेव पन्थ मन्त्रालयबाट कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा भएका छन् । स्किम श्रेष्ठ गृह मन्त्रालयको सहसचिवमा पदस्थापन भएका छन् ।
प्रतिक्रिया