सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्नु हुँदैन : नेता पोखरेल « Khabarhub

सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्नु हुँदैन : नेता पोखरेल


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मेचीनगर- नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताएका छन् । झापाको मेचीनगरमा आज आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा लाखौँको सङ्ख्यामा गरिखाने नागरिक सहकारीमा जोडिएका र त्यसबाट सङ्कलन भएको ठूलो पुँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुनेमा जोड दिए ।

उनले भने, “घर जग्गाजस्ता अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्नु हुँदैन । हिजो जसले अनुत्पादक क्षेत्रमा लगानी गरे, ती सहकारी अहिले सङ्कटमा छन् ।” सरकारले उत्पादनमूलक उद्योगमा लगानी गर्न चाहने सहकारीलाई अनुमति दिन आनाकानी गर्न नहुने उनको सुझाव थियो । उनले सहकारीलाई बलियो बनाउन ३८ वटा कानुन निर्माण गर्न आवश्यक भएको बताए ।

झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउँदा उत्पादनशील क्षेत्रमा लगानी गरिनुपर्ने रकम बैङ्कहरुमा थुप्रिँदा सङ्कट उत्पन्न भएको बताए । नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिपी भट्टराईले सहकारी संस्थाहरुलाई बैङ्क र अरू वित्तीय संस्थालाई झैँ व्यवहार गर्न नहुने विचार व्यक्त गरे ।

सहकारी अभियन्ता भानु दङ्गालले सहकारीबाट ऋण लिएर नतिर्नेहरुलाई कालो सूचीमा राख्ने र कर्जा सूचना केन्द्रमा नाम समावेश गर्ने कानुनी व्यवस्थाको खाँचो औँल्याए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : २३ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो