गेटामा अवरोधपछि डा. केसीले गरे लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु | Khabarhub Khabarhub

गेटामा अवरोधपछि डा. केसीले गरे लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

कैलाली – प्रा.डा.गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् ।

गेटामा छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसहित गेटामा नै अनशन बस्ने तयारी गरेका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए ।

उनीहरुको अवरोध पछि केसी लक्ष्मीनारायण मन्दिरमा अनशन गर्न पुगेका हुन् ।

सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले आज पत्रकार सम्मेल गर्दै तीनदिन अनशनमा बस्ने बताएका थिए । अनशनका लागि केसी आजै धनगढी गएका हुन ।

डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ११ बजे

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा