राष्ट्रिय एकता बलियो बनाउनुपर्छ : पूर्व राष्ट्रपति यादव | Khabarhub Khabarhub

राष्ट्रिय एकता बलियो बनाउनुपर्छ : पूर्व राष्ट्रपति यादव


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालको सामाजिक, सांस्कृतिक र जैविक विविधताका साथै विविध सांस्कृतिक चेतनालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताएका छन् ।
जनकपुरधाममा आज आयोजित पाँचौ अन्तर्राष्ट्रिय साहित्य उत्सवको समुद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले भाषा, साहित्य र कलाको संरक्षणले मात्रै देश समृद्ध हुने बताए।

त्यसैगरी नेपाल र भारतले एकअर्काको फरक सभ्यता, इतिहास, सांस्कृतिक चेतना र विविधतालाई बुझ्न हिन्दी भाषा र साहित्यले सहज बनाएको भन्दै प्रथम राष्ट्रपति यादवले साहित्य उत्सवले त्यसका विविध आयामबारे वृहत छलफल गरी विकासका लागि रणनीति तय गर्ने विश्वास व्यक्त गरे ।

वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले नेपाल र भारतलाई राजनीतिक सीमाले विभाजन गरे पनि हिन्दी भाषा, साहित्य र संस्कृतिले दुई देशको भावनालाई जोड्ने काम गरेको भन्दै यो विशिष्ट सम्बन्धलाई कायम राख्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

भारतीय साहित्यकार प्राध्यापक प्रणव चट्टोपाध्याय, डा रामचन्द्र रायले हिन्दी भाषा र समान सांस्कृतिक सभ्यताका कारण नेपाल—भारतबीच रोटिबेटीको सम्बन्ध रहेको धारणा राखे । उनीहरुले नेपाल—भारतबीचको त्यो सम्बन्ध र नेपालमा हिन्दी भाषाको दशा र दिशाबारे चर्चा गरिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ०९ बजे

पशुपति परिसरमा भेटिनुअघि वसन्तपुरमा देखिएकी थिइन् स्नेहा

काठमाडौं- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी २० वर्षीया स्नेहा

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जग लघु, घरेलु तथा

दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु 

दोलखा– जिल्लामा चालु वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको

एक सातादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन्

काठमाडौं- कलंकीबाट एक सातादेखि हराइरहेकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– युके पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा