फलफूल खेतीबाट वार्षिक चार लाख आम्दानी « Khabarhub

फलफूल खेतीबाट वार्षिक चार लाख आम्दानी


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दिपायल– डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका-५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा ।  उनले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्नातक तह उत्तीर्ण गरेका उनी विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जमेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका-५ गडसेरामा काफली गन्याप फलफूल तथा तरकारी फार्म दर्ता गरी १० लाखको लगानीमा आफ्नो निजी बाजो जमिनमा झण्डै ५४ रोपनी जमिनमा तीन हजार बोट कागती, अमिलो, सुन्तला  केरा  रोपेर उहाँले व्यावसायिक खेती  सुरु गरेका छन् । कागती खेतीबाट उनले वार्षिकरूपमा चार लाख  आम्दानी लिएका छन् ।

लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उनी बताउँछन्। ‘खर्च कम, मलजल पनि थोरै भए पुग्ने, मिहेनत पनि कम लाग्ने, आम्दानी भने राम्रो हुने भएकाले कागतीखेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् ।’ किसान देउवाले भने। उनले बर्सेनि रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआर्जनमूलक काममा लगाउनुपर्ने सुझाव दिए।

लामो समय भरतमा रोजगारी गरे पनि सोचेजस्तो कमाइ नभएकाले स्वदेशमा आई व्यावसायिक कृषि पेसामा लागेको बडीकेदार गाउँपालिका-५ थान्कोटका प्रकाश मल्लले बताउँछन् । भागरथी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी चार सय कागती र दुई सय सुन्तलाका बिरुवा लगाएको उनले जानकारी दिए । साथै वार्षिकरुपमा एक लाख आम्दानी हुने गरेको मल्लले जानकारी दिए । स्थानीय सरकारले कृषि व्यवसायलाई प्रभावकारी बनाउनका लागि अनुदानमा ऋण, सीपमूलक तालिम, कृषि कार्यक्रम दिनुपर्ने उनको भनाइ छ ।

डोटी जिल्लामा कागती ८८ हेक्टर, निबुवा दुई सय ८१ हेक्टर, मौसम एक सय ७२ हेक्टर र सुन्तला तीन सय १३ हेक्टर, गरेर जम्मा आठ सय ५४ हेक्टर क्षेत्रफलमा हिउँदे फलफूल खेती विस्तार भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ०५ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ