फलफूल खेतीबाट वार्षिक चार लाख आम्दानी | Khabarhub Khabarhub

फलफूल खेतीबाट वार्षिक चार लाख आम्दानी


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दिपायल– डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका-५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा ।  उनले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्नातक तह उत्तीर्ण गरेका उनी विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जमेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका-५ गडसेरामा काफली गन्याप फलफूल तथा तरकारी फार्म दर्ता गरी १० लाखको लगानीमा आफ्नो निजी बाजो जमिनमा झण्डै ५४ रोपनी जमिनमा तीन हजार बोट कागती, अमिलो, सुन्तला  केरा  रोपेर उहाँले व्यावसायिक खेती  सुरु गरेका छन् । कागती खेतीबाट उनले वार्षिकरूपमा चार लाख  आम्दानी लिएका छन् ।

लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उनी बताउँछन्। ‘खर्च कम, मलजल पनि थोरै भए पुग्ने, मिहेनत पनि कम लाग्ने, आम्दानी भने राम्रो हुने भएकाले कागतीखेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् ।’ किसान देउवाले भने। उनले बर्सेनि रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआर्जनमूलक काममा लगाउनुपर्ने सुझाव दिए।

लामो समय भरतमा रोजगारी गरे पनि सोचेजस्तो कमाइ नभएकाले स्वदेशमा आई व्यावसायिक कृषि पेसामा लागेको बडीकेदार गाउँपालिका-५ थान्कोटका प्रकाश मल्लले बताउँछन् । भागरथी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी चार सय कागती र दुई सय सुन्तलाका बिरुवा लगाएको उनले जानकारी दिए । साथै वार्षिकरुपमा एक लाख आम्दानी हुने गरेको मल्लले जानकारी दिए । स्थानीय सरकारले कृषि व्यवसायलाई प्रभावकारी बनाउनका लागि अनुदानमा ऋण, सीपमूलक तालिम, कृषि कार्यक्रम दिनुपर्ने उनको भनाइ छ ।

डोटी जिल्लामा कागती ८८ हेक्टर, निबुवा दुई सय ८१ हेक्टर, मौसम एक सय ७२ हेक्टर र सुन्तला तीन सय १३ हेक्टर, गरेर जम्मा आठ सय ५४ हेक्टर क्षेत्रफलमा हिउँदे फलफूल खेती विस्तार भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ०५ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड