भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु « Khabarhub

भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

राँझा– थारू समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ । विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताइन्। 

‘भुवर भवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ’, उनले भने, ‘धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।’ माघी पर्वको अवसरमा प्रत्येक वर्ष लाग्दै आएको मेलालाई यसपटक महोत्सवको रुपमा सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिए ।

उनका अनुसार, माघी मेलामा यो वर्ष राष्ट्रियस्तरका ख्यातिप्राप्त थारू कलाकारको कला प्रस्तुति रहने छ । यस वर्ष नयाँ अभ्यासको रुपमा छुट्टै स्टल राखेर थारू गाउँ सञ्चालनमा ल्याइएको छ । मेलामा करिब पाँच सय स्टल राखेर महोत्सवकै रुपमा सञ्चालन भएको छ ।

माघी पर्वका अवसरमा सञ्चालन भएको माघी मेलामा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको भुवर भवानी मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गरेको मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारूले बताए ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पोडेलले भुवर भवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै पुर्खौँदेखि लाग्दै आएको मेलाको महत्व अझै बढ्दै गएको बताए । उनले भुवर भवानी मन्दिर राप्ती सोनारीको प्रमुख ऐतिहासिक धार्मिक धरोहर रहेको बताउँदै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । 

उनका अनुसार, माघी पर्वको अवसरमा थारू गाउँमा हर्षोल्लासका साथ मनोरञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुगेको जनाइएको छ । 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ११ : ५३ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६