भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु | Khabarhub Khabarhub

भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

राँझा– थारू समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ । विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताइन्। 

‘भुवर भवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ’, उनले भने, ‘धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।’ माघी पर्वको अवसरमा प्रत्येक वर्ष लाग्दै आएको मेलालाई यसपटक महोत्सवको रुपमा सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिए ।

उनका अनुसार, माघी मेलामा यो वर्ष राष्ट्रियस्तरका ख्यातिप्राप्त थारू कलाकारको कला प्रस्तुति रहने छ । यस वर्ष नयाँ अभ्यासको रुपमा छुट्टै स्टल राखेर थारू गाउँ सञ्चालनमा ल्याइएको छ । मेलामा करिब पाँच सय स्टल राखेर महोत्सवकै रुपमा सञ्चालन भएको छ ।

माघी पर्वका अवसरमा सञ्चालन भएको माघी मेलामा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको भुवर भवानी मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गरेको मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारूले बताए ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पोडेलले भुवर भवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै पुर्खौँदेखि लाग्दै आएको मेलाको महत्व अझै बढ्दै गएको बताए । उनले भुवर भवानी मन्दिर राप्ती सोनारीको प्रमुख ऐतिहासिक धार्मिक धरोहर रहेको बताउँदै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । 

उनका अनुसार, माघी पर्वको अवसरमा थारू गाउँमा हर्षोल्लासका साथ मनोरञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुगेको जनाइएको छ । 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ११ : ५३ बजे

एमसीसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत

काठमाडौँ– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग

यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाविरुद्धको खोप बनाउने वैज्ञानिकलाई दिइने

काठमाडौँ- यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार क्याटलिन क्यारिको र

‘भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जान्छन्’

पोखरा– एमाले महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा

पुस्तान्तरण नहुँदा धान नाच संकटमा

फुङ्लिङ– विगतमा गाउँगाउँमा प्रशस्तै देखिने धान नाच आजभोलि भने कमै

भ्रष्टाचारका फाइल खोले सत्ता पक्षकै नेताहरु जेल जान्छन् : एमाले महासचिव पोखरेल

पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल