देश/प्रदेश

मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु

By खबरहब

January 16, 2023

दाङ– दाङमा आज बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु भएको छ । सर्रा सौडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घोराही १६ का २१ वर्षका सुशील चौधरी र सोही ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका  राजन गौतमले जनाएका छन् । मृतकको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।