एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे अभिमुखीकरण आयोजना गर्ने « Khabarhub

एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे अभिमुखीकरण आयोजना गर्ने


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक अभ्यास, विधि, व्यवस्था र कूटनीतिक व्यवहार आदि विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा ६ र ७ माघमा पार्क भिलेज, बूढानीलकण्ठमा आयोजना गरिने दुई दिने कार्यशालामा नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारका बारेमा प्रशिक्षण दिइने पार्टीको परराष्ट्र विभागले जनाएको छ ।

पार्टीको सचिवालयका पदाधिकारी नेताहरू,परराष्ट्र मामिला विभागका सबै सदस्यहरू, पार्टीका जनसंगठनमध्ये विदेश सम्बन्ध राख्ने र विदेश विभाग गठन गरी त्यस अनुरूपमा गतिविधि गर्दै आएका जनसंगठनका अध्यक्ष, महासचिव र विदेश विभागका प्रमुखहरूको कार्यक्रममा सहभागिता रहने परराष्ट्र विभागले जनाएको छ ।

विभागले गत साता १२ वटा जनसंगठनसँग विदेश मामिलाका विषयमा विषय केन्द्रित छलफल गरेको थियो । विभागले आफ्नो वार्षिक कार्ययोजनाबमोजिम समय समयमा समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक विषयमा पनि छलफल चलाउँदै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : ४२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल