एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे अभिमुखीकरण आयोजना गर्ने | Khabarhub Khabarhub

एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे अभिमुखीकरण आयोजना गर्ने


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक अभ्यास, विधि, व्यवस्था र कूटनीतिक व्यवहार आदि विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा ६ र ७ माघमा पार्क भिलेज, बूढानीलकण्ठमा आयोजना गरिने दुई दिने कार्यशालामा नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारका बारेमा प्रशिक्षण दिइने पार्टीको परराष्ट्र विभागले जनाएको छ ।

पार्टीको सचिवालयका पदाधिकारी नेताहरू,परराष्ट्र मामिला विभागका सबै सदस्यहरू, पार्टीका जनसंगठनमध्ये विदेश सम्बन्ध राख्ने र विदेश विभाग गठन गरी त्यस अनुरूपमा गतिविधि गर्दै आएका जनसंगठनका अध्यक्ष, महासचिव र विदेश विभागका प्रमुखहरूको कार्यक्रममा सहभागिता रहने परराष्ट्र विभागले जनाएको छ ।

विभागले गत साता १२ वटा जनसंगठनसँग विदेश मामिलाका विषयमा विषय केन्द्रित छलफल गरेको थियो । विभागले आफ्नो वार्षिक कार्ययोजनाबमोजिम समय समयमा समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक विषयमा पनि छलफल चलाउँदै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : ४२ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको