खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत फेला « Khabarhub

खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत फेला


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन भएकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

बालिका महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनरत थिइन् । ३ पुसदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिइन् ।

बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिकाको शव घरभन्दा करिब दुई सय मिटर टाढा फेला परेको हो । घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीको भनाइ छ ।

घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमाया विश्वकर्माको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । ज्ञानीमायाँ घर नजिकै २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : ११ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित