अपराधको सफल अनुसन्धानमा केन्द्रित हुन प्रहरीलाई महानिरीक्षक सिंहको निर्देशन « Khabarhub

अपराधको सफल अनुसन्धानमा केन्द्रित हुन प्रहरीलाई महानिरीक्षक सिंहको निर्देशन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालै सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित भएर लाग्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा महानिरीक्षक सिंहले जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना र टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।

आर्थिक रूपमा पारदर्शिताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे । कार्य क्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्ष रूपमा देखिने गरी तथ्याङ्कमा हुनुपर्ने र त्यही नै कामको जावफदेहीता रहने उल्लेख गरे ।

योग्यताको आधारमा जिम्मेवारी दिइएको भन्दै उनले प्रहरी अधिकृतहरूले उत्कृष्टरूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखेको बताए । नेपाल सरकारले अङ्गिकार गरेको समृद्धिसहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको स्मरण गराउँदै उनले प्रदेश सरकार एवं स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आआफ्नो जिम्मेवारी बहन गर्न सुझाव पनि दिए ।

उनले प्रहरीको आचरण एवं व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका १७ डिआइजी र २७ एसएसपीको सरुवा भएको थियो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ६ : ५० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका