विमान दुर्घटनामा परी ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन | Khabarhub Khabarhub

विमान दुर्घटनामा परी ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार पोखरामा विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोँचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको हो ।

बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै गहिरो दुःख व्यक्त गरिएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघले विमान दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारीमाथी समेत प्रश्न उठाएको छ ।

उद्योग बाणिज्य संघकी सदस्य उषा ढकालले विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिन् । उनले
विमान दुर्घटना हुनुमा सरकार पक्षको दोष रहेको भन्दै आक्रोश व्यक्त गरिन् ।

त्यसैगरी उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले अल्पायुमै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो संवेदना प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

आइतबार भएको जहाज दुर्घटनामा चालक दलका सदस्य सहित ७२ जना यात्रु मध्य ६९ जनाको मृत्यु भएको र बाँकी ३ जनाको खोजी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ०२ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका