विराटनगरमा भूकम्प सुरक्षा कृत्रिम अभ्यास प्रदर्शन | Khabarhub Khabarhub

विराटनगरमा भूकम्प सुरक्षा कृत्रिम अभ्यास प्रदर्शन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूकम्प एवं दैवीप्रकोपको समयमा सावधानी र जनधनको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने सुरक्षाबारे जनचेतना जगाउन आज विराटनगरमा ‘कृत्रिम घटना अभ्यास’ प्रदर्शन गरिएको छ ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाली सेनाको भैरव दल गण थलहा मोरङ, सशस्त्र, नेपाल प्रहरी र विराटनगर महानगरपालिकद्वारा संयुक्त रुपमा २५ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा विराटनगर २ स्थित खुल्ला मैदानमा ‘कृत्रिम घटना अभ्सास’ को आयोजना गरिएको हो ।

जसमा भूकम्प आउँदा जीवन रक्षा, आगलागीमा जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानी एवं उनीहरुको उद्धार र उपचारमा प्रयोग गरिने विभिन्न सामग्री प्रयोगको प्रदर्शन गरिएको थियो ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले संयुक्त रुपमा अभ्यासका क्रममा तीन तले घरमा रहेका घाइते, भूकम्पको घरबाट थिचिएका मानिस र आगोबाट उद्धार गरी उपचारका लागि लैजाने लगायतका कृत्रिम अभ्यास देखाइएको थियो ।

सो अवसरमा नेपाली सेनाले उद्धारका बेला प्रयोग गरिने विभिन्न औजार, जीवनरक्षक ज्याकेट, मोटरबोट लगायतका सामग्रीको पनि प्रदर्शनी गरिएको थियो । मन्त्रालयका सचिव उमेश बस्नेत, कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नेपाली सेना थलहाका प्रमुख सेनानी अमृतबहादुर थापा मगर लगायतले उद्धार कार्यक्रम अवलोकन एवं निरीक्षण गरी आवश्यक निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ४० बजे

प्रधानमन्त्री ओलीले फुटबल हेरेर जन्मदिन मनाउँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७४औँ जन्मदिन मनाउँदै

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

काठमाडौं– महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्ट प्रहरी

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा फाइदै फाइदा

काठमाडौं– ड्राइ फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राइ फ्रुट्स स्न्याक्सको 

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा– पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को