पाँच अध्यादेश संशोधन गर्न बागमती प्रदेशसभाद्वारा स्वीकृति प्रदान « Khabarhub

पाँच अध्यादेश संशोधन गर्न बागमती प्रदेशसभाद्वारा स्वीकृति प्रदान


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न स्वीकृति प्रदान गरेको छ ।

अध्यादेशलाई स्वीकृति प्रदान गर्न प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रस्ताव टेबुल गरेका थिए ।

मुख्यमन्त्री जमकट्टेलले प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृति प्रदान गर्न प्रस्ताव टेबुल गरेका थिए ।

यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि टेबुल गरेका थिए ।

आजै बसेको दोस्रो बैठकले पोखरामा माघ १ गते आइतबार बिहान चालक दलका चारजना सदस्यसहित ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका सबै यात्रुप्रति शोक प्रस्ताव पारित गरेको थियो । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को बैठक माघ ३ गते अपराह्न साढे १२ बजे बस्नेगरी स्थगित गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ५३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका