भारतद्वारा चीनसँगको सीमा क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीव्रता « Khabarhub

भारतद्वारा चीनसँगको सीमा क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीव्रता


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले चीनसँग जोडिएको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा एलएसीमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ ।

भारत सरकारले एलएसी र खासगरी पूर्वोत्तर राज्य अरुणाचलमा चीनसँग सीमा जोडिएका क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको अरुणाचल अब्जरभर अनलाइनले उल्लेख गरेको छ ।

सरकारी तथ्यांकअनुसार एलएसीमा भारतीय पक्षबाट हालसम्म २ हजार किलोमिटर सडक निर्माण गरिएको छ । आगामी मार्च महिनामा अरु ६० वटा सडक बन्ने अपेक्षा गरिएको अरुणाचल अब्जरभरले उल्लेख गरेको छ । यसका लागि भारत सरकारले १५ हजार करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।

सन् १९६२ मा चीनसँगको युद्धमा अरुणाचल प्रदेशमा सडक पूर्वाधारको कमी भएकै कारण भारतले पराजयको सामना गर्नुपरेको थियो । भारतको अरुणाचल प्रदेश र चीनबीच १ हजार १ सय २६ किलोमिटरको सीमा रहेको छ ।

चीनले अरुणाचल प्रदेशमा सैनिक अतिक्रमणलाई थप विस्तार गर्ने चिन्तामाझ भारतले सो क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारेको हो ।

गत डिसेम्बर ९ मा अरुणाचलको तवाङ क्षेत्रको याङ्त्सेमा दुई मुलुकका सुरक्षाकर्मीबीच झडप भएको थियो । चीनले अरुणाचल प्रदेश दक्षिण तिब्बतमा पर्ने भन्दै लामो समयदेखि सार्वभौमिकता दाबी गर्दै आएको छ ।

गत जनवरी ३ मा अरुणाचलको बोलेङ सहर पुगेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले ७ सय २४ करोड भारतीय रुपैयाँ बराबरका २८ पूर्वाधार परियोजनाको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ३६ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान