आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा « Khabarhub

आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

यसअघि शीर्षस्थानमा रहेको आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटी पहिलो स्थानमा उक्लन सफल भएको हो ।

सिटीको जितमा केभिन डि ब्रुएना, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे भने आर्सनलका बुकायो साकाले एक गोल फर्काएका थिए ।

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले १–० को अग्रता दिएका थिए।

४२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाउन पुगे । ८२औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गरे ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ भने एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंकमा सिमित छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ९ : १४ बजे

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार