कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत रिफर « Khabarhub

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत रिफर


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका भण्डारीलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालले भारत रिफर गरेको छ।

बुद्धनगरस्थित निवासमा गए राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । लगत्तै आमा छोरालाई कीर्तिपुर अस्पतालमा लगेर आईसीयूमा उपचार थालिएको थियो।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई भारत लगी उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ ।

नेता भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमा ८७ वर्षीय हरिकला भण्डारीको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । विस्फोटपछि भएको आगलागीमा परेकी आमालाई बचाउने क्रममा नेता भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ९ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी