स्पेनिस ला लिगमा रियलको सानदार जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगमा रियलको सानदार जित


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीको जितमा कप्तान करिम बेन्जेमालले दुई तथा मार्को एसेन्सियो र लुका मोड्रिचले समान एक गोल गरे।

खेलको आठौँ मिनेटमा नै एसेन्सियोको गोलबाट रियलले खेलमा १–० को अग्रता लिएको थियो। ३१औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे, उनले पेनाल्टी गोल गरेका थिए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाले पुन पेनाल्टीमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो।

त्यसपछि परिवर्तित मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे। ६८औं मिनेटमा ड्यानियल सेवालोसको स्थानमा मैदान छिरेका मोड्रिचले पेनाल्टी बक्सभित्रबाट सुन्दर फिनिस गरे।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २१ खेलबाट ४८ अंक पुगेको छ भने पराजित इल्चे ९ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १० : २१ बजे

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन