कर्णाली प्रदेशसभा बिजनेसविहीन  « Khabarhub

कर्णाली प्रदेशसभा बिजनेसविहीन 


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभा अहिले बिजनेसविहीन अवस्थामा पुगेको छ । मुख्यमन्त्री गृह जिल्ला रुकुम पश्चिमको भेटघाट कार्यक्रममा व्यस्त छन् । प्रदेशसभा सदस्यहरू व्यक्तिगत काममा जिल्ला त कोही काठमाडौँ पुगेका छन् ।

सरकार गठन भएको दुई महिना पूरा हुँदासम्म प्रदेशसभालाई सरकारले बिजनेसविहीन बनाएर बैठक स्थगित भएको छ । अघिल्लो बैठक बसेको झन्डै एक महिना पुग्न लाग्दासम्म पनि अर्को बैठक बस्न सकेको छैन ।

प्रदेशसभाका ६ वटा बैठक भएको पाइएको छ । ती बैठकहरू सभामुख , उपसभामुख , मुख्यमन्त्री चयन र विश्वासको मत लिनका लागि मात्र भएका थिए । प्रदेशसभाका विषयगत समिति समेत गठन गरिएको छैन । चार वटा समिति गठन गर्नुपर्ने हुन्छ ।

यता सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले फागुनको पहिलो सातादेखि प्रदेशसभाको बैठक नियमित गर्ने गरी तयारी गरेको जानकारी दिए । संसदीय समिति गठनका लागि राजनीतिक सहमति पनि जुटाउनुपर्ने भएकाले केही दिनभित्रबाट त्यस विषयमा छलफल अघि बढ्ने जिसीको भनाइ छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १० : ५० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको