कारागारकाे भवन नहुँदा कैदीबन्दी राख्न समस्या « Khabarhub

कारागारकाे भवन नहुँदा कैदीबन्दी राख्न समस्या


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरू जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ।

सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझै पूरा  हुन सकेको छैन। विसं २०७१ मा तीन करोड ५० लाख रुपैयाँमा भवन निर्माणको काम थालिएको हो। भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको हो।

भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोस्टलगायत काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन। ८० पुरुष र २० महिला अट्ने क्षमताको उक्त कारागार भवन बने कैदी बन्दीलाई अरू जिल्ला लैजाने अवस्थाको अन्त्य हुने छ।

पुरानो कारागार भवन प्रयोगविहीन भएपछि दुई वर्षअघि त्यसलाई कोरोना सङ्क्रमित राख्न प्रयोग गरिएको थियो । कारागार नै निर्माण नभएपछि कैदी बन्दीलाई मुगुबाट जुम्ला, बर्दिया, सुर्खेत, कालिकोट, बाँके र दाङ लैजानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुद्दाको फैसला नहुँदासम्म कैदी बन्दीलाई प्रहरीको हिरासतमा राख्ने गरिए पनि फैसलापछि अरू जिल्लामा पठाउनुपर्ने बाध्यता छ । कैदी बन्दीलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि उत्तिकै सास्ती हुने गरेको छ । कैदीबन्दी अरू जिल्ला लगेर राख्दा आफन्तलाई भेट्न समस्या हुने गरेको छ। छायानाथ रारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले छोरो जुम्ला कारगारमा रहेकाले नौ वर्षदेखि भेट्न नपाएको बताउछन्।

कैदीबन्दी अन्य जिल्ला पुर्याउँदा कम्तीमा रु ५० हजारसम्म खर्च हुने गरेको प्रहरीले जनाएको छ । मुगुबाट बर्सेनि झण्डै २० कैदी बन्दीलाई जिल्ला बाहिर पठाउनुपर्छ। आव २०७६-७७ मा २१, आव २०७७-७८ मा १२ र आव २०७८-७९ मा १९ कैदी बन्दीलाई जिल्लाबाहिर पठाइएको थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १२ : ०२ बजे

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको