राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छः रामकुमार राई  « Khabarhub

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छः रामकुमार राई 


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् । प्रेस सेन्टर खोटाङले दिक्तेलमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य राईले सबै दलहरू एक ठाउँमा आउनेगरी राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने दाबी गरेका हुन् ।

‘देशमा एकदमै राजनीतिक तरलता आइरहेको छ, के हुन्छ ?  कसले के गर्छ? भन्ने एकातिर छ भने अर्कातिर अलिकति बाह्य हस्तक्षेप भइरहेको अवस्थामा छ,’ राईले भने, ‘देश राजनीतिक संकटमा छ । आर्थिक संकटमा छ । यो हल गर्नको लागि राष्ट्रिय सहमतिको राष्ट्रपति हुन जरुरी छ । सबै दलहरु एक ठाउँमा आए भने कम्तीमा देशलाई अगाडि बढाउन सकिन्छ ।’ 

देशलाई आर्थिक, राजनीतिक, राष्ट्रियता र स्वाधीनताको हिसाबले अगाडि बढाउनका लागि राष्ट्रिय सहमतिको दृष्टिकोण आएको उनले उल्लेख गरे । उनले अहिले मुलुकका लागि सबै दलहरू मिलेर जानुपर्ने आवश्यकता आएको औंल्याए।

‘हिजो भएको सहमति कार्यान्वयन गर्ने भन्ने कुराहरू पनि छन् । तर, जे भए पनि सहमतिमै हुन्छ । अहिले आवश्यकता मुलुकलाई सबै दलहरू मिलेरै जानुपर्नेछ,’ उनले भने, ‘भएका परिवर्तन र क्रान्तिलाई अन्त्य गर्नका लागि एक खालका वा विभिन्न खालका मान्छे लागिरहेका छन् । बाह्य शक्ति वा आन्तरिक शक्ति पनि लागिराख्या छ । यसका लागि राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाइनुपर्छ भनिएको हो ।’ 

प्रतिनिधिसभा सदस्य राईले खोटाङको विकास निर्माणसम्बन्धी अधुरो कामलाई पूर्णता दिइने बताएका छन् । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  २ : २३ बजे

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी