हात्तीपाइलेको उच्च जोखिममा बाँके  | Khabarhub Khabarhub

हात्तीपाइलेको उच्च जोखिममा बाँके 


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताइन्।

उनले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरिन्। रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिए ।  खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । यो अभियान यही फागुन ११ देखि सुरु हुदैँ छ । 

यस पटक जिल्लामा छ लाख १६ हजार छ सय ९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्रोत व्यक्ति गौतमले जानकारी दिए। उनले गर्भवती र सुत्केरी बाहेक सबैलाई औषधि सेवन गर्न आग्रहसमेत गरे । 

नेपालगञ्ज उपमहानगरपालिकामा एक लाख ७० हजार पाँच सय ९८ जना, कोहलपुर नगरपालिकामा एक लाख दुई हजार नौ सय चारजना, खजुरा गाउँपालिकामा ६५ हजार तीन सय सात जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ । त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार सात सय ३३, डुडुवा गाउँपालिकामा ४४ हजार एक सय ४४, नरैनापुर गाउँपालिकामा ४४ हजार आठ सय सात, बैजनाथ गाउँपालिकामा ७१ हजार आठ सय ६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार तीन सय ४१ जनालाई औषधि खुवाइने भएको छ ।

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ५० प्रतिशत, कोहलपुर र डुडुवामा ७८,  खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३, नरैनापुरमा ७४, जानकी गाउँपालिकामा ८० प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०६७/६८ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको थियो । उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए । 

बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलले बताइन् । उनले पाँच वर्ष लगातार औषधि खुवाएपछि ‘प्रि टाक्स सर्भे’ गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएकाले  १३औँ पटक औषधि खुवाउन लागिएको बताइन् । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ४ : ४३ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान