लोकप्रिय नाराले मात्रै देश चलाउन सकिदैन : नेता सिंह « Khabarhub

लोकप्रिय नाराले मात्रै देश चलाउन सकिदैन : नेता सिंह


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् ।

विजय स्मारक माध्यामिक विद्यालयको ६७ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका हुन् । उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको धारणा राखे ।

राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ । त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे । जनताले नै मिलिजुली सरकार बनाउने म्यान्डेड दिएको अवस्थामा दलहरू पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनले बताए ।

नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामु गरेका प्रतिवद्धताहरूलाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ६ : ३९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु