लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह « Khabarhub

लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताए ।

उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको बताए। राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे। जनताले नै मिलिजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरु पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ । नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामु गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ९ : १९ बजे

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी