समानुपातिका सांसद सिफारिस गर्न जसपाको बैठक आज बस्दै | Khabarhub Khabarhub

समानुपातिका सांसद सिफारिस गर्न जसपाको बैठक आज बस्दै


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदबारे निर्णय गर्न बिहीबार बैठक बोलाएको छ।

बिहीबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्नेछ। बैठक पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ बजे बस्ने छ।

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

सो निर्णयसँगै पार्टीको तर्फवाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ ।

जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ६ : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’