महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता सुरु « Khabarhub

महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता सुरु


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ ।

यहाँ स्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गरेकाे सो प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा बैतडीको हनुमानध्वज गुल्मलाई २–० सोझो सेटले पराजित गर्दै श्रीदलले विजयी सुरुआत गरेको हो ।

त्यसैगरी प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा वीरभद्रजङ्ग गुल्म बझाङ विजयी भएको छ । सो खेलमा वीरभद्रजङ्ग गुल्मले गुरुगोरख गुल्म दार्चुलालाई २–० सोझो सेटले पराजित गरेको हो । प्रतियोगिता उद्घाटन समारोहमा सहभागी गुल्म तथा सैनिक टोलीले मार्चपास प्रस्तुत गरेका थिए । बाहिनीस्तरबाट छनोट हुने टोली आगामी चैतमा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

आगामी शनिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै रुद्रध्वज गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सागर कार्की बाहिनी तथा गुल्मका सैनिक अधिकृतलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ३७ बजे

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक