सहकारीलाई बलियो बनाउन ‘मर्जर’मा जानुपर्छ : प्रमुख कोइराला « Khabarhub

सहकारीलाई बलियो बनाउन ‘मर्जर’मा जानुपर्छ : प्रमुख कोइराला


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताएका छन् ।

महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उनले ‘मर्जर’मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिएका हुन्।

“यहाँ सहकारीको उद्देश्य अनुरूप राम्रो गर्ने सहकारी पनि छन्,” उनले भने, “केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ ।” ‘मर्जर’मा गएमा सहकारी बलियो हुने भन्दै नगरप्रमुख कोइरालाले सहकारीको मर्म र भावनाअनुसार सञ्चालन नभएकाले समस्या देखिएको स्पष्ट पारे ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको सुनाए।

स्थापना भएको तीन महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो । उपप्रमुख कार्कीले सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको धारणा राखे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा पारदर्शीता र इमान्दारिता जरुरी रहेको औँल्याए  । अन्तरक्रियामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकता राख्न सुझाव दिएका थिए ।

उनीहरूले सहकारीले रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो राखेका छन् । महानगरले सञ्चालन गर्ने रोजगारमूलक र सीपमूलक तालिम सहकारीमार्फत गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १२ : ११ बजे

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य