समाजसेवी दवाडीद्वारा विद्यालय भवन हस्तान्तरण | Khabarhub Khabarhub

समाजसेवी दवाडीद्वारा विद्यालय भवन हस्तान्तरण


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लमजुङ – समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गरेका छन् ।

आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उनीहरुले हस्तान्तरण गरेका हुन् ।

विसं २००६ मा भाषा पाठशालाका रुपमा स्थापना भएको सो विद्यालयले विसं २०३४ मा माध्यामिक विद्यालयको स्वीकृति पाएको थियो । हाल कक्षा १२ सम्म सञ्चालन रहेको यस विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् ।

भवन हस्तान्तरण समारोहमा प्रदेशसभा सदस्य डा टकराज गुरुङले विद्यालयको शैक्षिकस्तर अभिवृद्धि एवं गाउँमा सडक स्तरोन्नति र केन्द्रीय प्रसारण लाइन विस्तारलगायतका विकास निर्माणमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले गाउँको शैक्षिक विकासमा योगदान दिने बुवाको स्मरणमा विद्यालय भवन निर्माण गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यस किसिमको सहयोग गर्दै जाने बताए ।

विद्यालयका प्रधानाध्यापक हरिनारायण दवाडीले विद्यालय स्थापनादेखि मावि सञ्चालन गर्नका लागि आवश्यक जग्गा उपलब्ध गराउने र स्वीकृति दिलाउन तत्कालीन प्रधानपञ्च एवं समाजसेवी चूडामणि दवाडीले सक्रिय नेतृत्व लिएको स्मरण गरे । सो अवसरमा राष्ट्रियस्तरका कलाकारद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

यसअघि सोही विद्यालयका शिक्षक स्व चेतोनाथ अधिकारीको स्मृतिमा उनको परिवारले रु छ लाखको लगानीमा विद्यालय हाताभित्र सरस्वतीको मन्दिर पनि निर्माण गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १२ : २० बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले