स्थानीय उत्पादनको बजारीकरणका लागि कासेली घर सञ्चालन « Khabarhub

स्थानीय उत्पादनको बजारीकरणका लागि कासेली घर सञ्चालन


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको कोहलपुर नगरपालिकामा  कोसेली घर सञ्चालन भएको छ । कोहलपुर – १५  वडामा उत्पादनमा भएका अर्गानिक वस्तु अन्यत्र पुर्‍याउन सक्ने गरी कोसेली घरको व्यवस्था गरिएको प्रबन्ध निर्देशक ईश्वर शर्माले जानकारी दिए। 

‘नगरपालिकाका १५ वडामा उत्पादन भएका वस्तुको बिक्रीवितरण र बजारीकरण गर्ने योजना बनाएका छौँ,’ उनले भने ,’यहाँ भान्सादेखि कपडासम्मका वस्तु पाइने छ । नगरपालिकाले तालिम दिएपछि उत्पादन भएका वस्तु कोसेली घरमा पाउने उनले बताए ।’  स्थानीयस्तरमा उत्पादन हुने गरेका वस्तुलाई बजारीकरणमा समस्या छ, त्यसलाई न्यूनीकरण गर्न कोसेली घर सञ्चालनमा ल्याएको उनको भनाइ छ  । 

उनले भने,’अहिले भारतबाट ल्याइएको तरकारी बजारमा जताततै भएका कारण स्वदेशी उत्पादनले प्राथमिकता पाएका छैनन् ।’ तर अहिले साना तथा व्यावसायिक रुपमा तरकारी, चामल, खाद्यान्न वस्तु, गेडागुडी, अचार, हस्तकला, टपरीलगायत अन्य विभिन्न प्रकारका स्थानीय उत्पादन भएका वस्तु कोसेली घरमा प्राप्त हुनेछन । 

नगरपालिकाले अनौपचारिक तथा औपचारिक कार्यक्रममा समेत नगरपालिकाको पहिचान हुने गरी हस्तकलाबाट बनाइएका बस्तुलाई मायाको चिनोको रुपमा प्रदान गर्नुपर्ने जस्ता योजना ल्याएको प्रबन्धक निर्देशक शर्माले जानकारी दिए।

कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। महिलालाई आर्थिक क्षेत्रमा सहयोग हुनका लागि पालिकाले सीप विकास तालिम दिइरहेको छ,’ उनले भनिन् ‘तालिम लिएपछि उत्पादन गरेको वस्तु कोसेली घरमार्फत बिक्री वितरण हुने विश्वास भएको छु ।’ 

वैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुभद्रा शर्माले पालिकाले लिएको योजना र कार्यक्रममा निरन्तर सहयोग गर्ने उल्लेख गर्दै  कोसेली घरको लागि  नगरपालिकाले खोलेको ठेक्काबाट सहकारी संस्थाले पाँच लाख अनुदान पाएको बताइन्। अहिले सहकारीले करिब आठ लाख लगानी गरेको बताइएको छ । 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १२ : २१ बजे

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले

बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा

एजेन्सी- बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका